राजनीति

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल मनोनीत



काठमाडौँ, ३० भदौ । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् ।

आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिव पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् । अर्याल युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष हुन् ।

उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गरेका छन् ।