Banner News

प्रधामन्त्रीद्वारा जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया



काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रियाका क्रममा जनजीविका आधारभुत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गरेका छन् ।

उनले सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे । यसका लागि उनले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए ।

 साथै, राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरेका छन् ।

अन्तरक्रियामा सहभागी जेन्जी उमेरका सांसदहरुले प्रधानमन्त्री यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।