समाचार

९ जना जुवाडे पक्राउ



काठमाडौँ, २२ कार्तिक । काठमाडौँबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–४ घर भएका ४९ वर्षीय सुनिल श्रेष्ठ समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ८५ हजार १ सय ९५ रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।