काठमाडौँ, ६ मंसिर । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ ।
प्रदर्शनको १७ दिनमै फिल्मले ९०० करोड भारतीय रुपैयाँ (भारु) को आँकडा पार गरेको छ । रणबीर कपुर, साई पल्लवी र यशको मुख्य भूमिका रहेको फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो बलियो पकड कायमै राखेको छ ।
फिल्मले प्रदर्शनको १७ औँ दिन अर्थात् शनिबार भारतमा २७.४० करोड भारु नेट कलेक्सन गरेको छ । यसअघि १६औँ दिन फिल्मले १५.७५ करोड भारु कमाएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा फिल्मको कमाइमा करिब ७४ प्रतिशतले वृद्धि भएको हो ।
शनिबारको कमाइसँगै भारतमा ‘रामायण’को कुल नेट कलेक्सन ९०६.९० करोड भारु पुगेको छ । त्यस्तै, फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १,६१६.७० करोड भारुसम्म पुगिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्