समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, ६ मंसिर । झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ । 

प्रहरीका अनुसार माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको हो । मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।