काठमाडौँ, ६ मंसिर । दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् ।
आइतबार नेपालबाट भारत भ्रमणमा निस्कँदा प्रधानमन्त्री शाहले नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएनन् । कुनै तामझामबिना नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका उनले भारतमा भने सेनाको सलामी लिएका हुन् । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सलामी दिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्