काठमाडौँ, १ साउन । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ । कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक पनि हो । शुक्रबारसहित लगातार चौथो दिन…