सोना सिमेन्टविरुद्ध स्थानीय आन्दोलित

दाङ, ६ भदौ । सोनापुर सिमेन्ट उद्योगले मापदण्डविपरीत उद्योग सञ्चालन गरेको भन्दै स्थानीयवासी उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।  उद्योगले तोकेको मापदण्डविपरीत धुलो नियन्त्रण नगरी प्रदूषण फैलाएपछि तुलसीपुर उपमहानगरपालिका–१९ का स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय दाङमा उद्योगविरुद्ध उजुरी दर्ता गर्दै कारबाही नगरे उद्योगविरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएका छन् । स्थानीयवासीको एक…