काठमाडौं, ३१ साउन । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् ।…