काठमाडौँ, २४ साउन । यथार्थ मौसमी सूचना यदावधिक गर्दै सरकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ । वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो । विशेष प्रकारको उपकरण ‘रेडियोसोन्ड’ जडान गरिएको बेलुनले आगामी ३ महिनापछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जल तथा मौसम विज्ञान…