काठमाडौं, १ चैत । सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको हो । सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ…