एमालेका सय नेता अभियानमा, दर्जनौँ स्थानमा आमसभा

काठमाडौं, २७ माघ । नेकपा (एमाले)को चुनावलक्षित राष्ट्रिय जागरण अभियानमा अध्यक्ष केपी ओलीसहित एक सयभन्दा बढी केन्द्रीय नेता देशव्यापी दौडधुपमा छन् । मंसिरबाट सुरु भएको चारमहिने राष्ट्रिय जागरण अभियानमा एमालेका एक सयभन्दा बढी केन्द्रीय नेता जागरण अभियानमा व्यस्त भएका हुन् । सात प्रदेश संगठन कमिटीको संयोजन र ७५ वटै जिल्ला कमिटीको अगुवाइमा एमालेले अभियानलाई तीव्रता…