आयोगले भन्योः दुबै निर्वाचन एकै दिन गर्ने भए भदौ ४ भित्रै निर्वाचनको मिति तोक्नु पर्छ

काठमाडौं, १ भदौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर दोस्रो साता एउटै मितिमा गर्न तीनवटा सर्त अघि सारेको छ । मंसिर दोस्रो साता प्रादेशिक र संघीय संसद दुवैको निर्वाचन गर्न भदौ ४ गते भित्रै मिति तोक्नु पर्ने, प्रत्यक्ष निर्वाचनमा उम्मेदवारले पाएको मतलाई नै समानुपातिकमा गणना गर्नेगरी एउटै मतपत्रको ब्यवस्था गर्नु पर्ने र निर्वाचन…