काठमाडौँ, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले सरकारको प्रशासनिक सुधारसम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियन भंग गरेको घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत १५ गतेदेखि लागु हुने गरी युनियन भंग गरिएको जनाएको छ । युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिमा शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नं. १२…