सिरहामा विद्यार्थीका मोबाइल नष्ट गरिनु गैरकानुनी: मन्त्री पोखरेल

सिरहा, २६ जेठ । शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा परीक्षाका क्रममा परीक्षार्थीबाट खोसिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिनु गैरकानुनी भएको बताएका छन् । मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले कसैको निजी सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी भएको बताए । उनले यसको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र पीडित विद्यार्थीलाई…