काठमाडौँ, ६ माघ । घरजग्गा कारोबारबाट हुने राजस्व संकलन आधाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा घरजग्गा कारोबारबाट ३९ अर्ब ९३ करोड राजस्व संकलन भएको थियो । यो वर्ष अर्थतन्त्रमा देखिएको सिथिलताको असर घरजग्गाबाट उठ्ने राजस्वमा पनि परेको छ । चालू आ.व.को ६ महिनामा १६ अर्ब ८८ करोडमात्र घरजग्गाबाट राजस्व संकलन भएको छ…