काठमाडौँ, ३ माघ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव काठमाडौं ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो । २२ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई…