काठमाडौँ, २९ जेठ । भक्तपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जगातिबाट काभ्रेको साँगातर्फ गइरहेको बा५ख ४७८१ नम्बरको मयुर बसले सूर्यविनायक नगरपालिका–१० पलाँसेमा विपरीत दिशातर्फबाट आइरहेको बा३ख ७७९३ नम्बरको माइक्रोबसलाई ठक्कर दिई दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । घाइतेमध्ये सुनसरी धरान उमनपा–१६ घर भई हाल…