काठमाडौँ, ३० जेठ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको छ । ट्याक्टर सडकदेखि करिब…