काठमाडौँ, ३१ जेठ । ललितपुरमा गोली चलेको छ । शनिबार लागुऔषध ‘कारोबारी' एक नेपाली र दुई भारतीय नागरिकलाई हवाईफायर गरी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र बिहारकै ३३ वर्षीय महमत सद्दाम छन् । प्रहरीले उनीहरूका साथबाट लागुऔषध ट्रामाडोल ३० हजार क्याप्सुल…