एक महिलाको शव फेला, हत्या गरेको आशंकामा श्रीमान् पक्राउ

हेटौंडा, ५ माघ । मकवानपुरको हेटौंडामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ । हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ ।  घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।