काठमाडौँ, ४ पौष । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रागिरिका रिन्जेन मोक्तान, कीर्तिपुरका मदन तामाङ, नवलपरासीका भरत…