काठमाडौँ, २ साउन । सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ । २०३० सालमा निर्मित दुई सय मिटर हाराहारी पर्खाल धराप बन्दा जुनसुकै बेला भत्किएर मानवीय क्षति हुने डर देखिएको छ। २०७२ को भूकम्पयता सो पर्खाल ठाउँठाउँमा चर्किएर सडकतिर ढल्किएको छ। चौडा र अग्लो पर्खाल जोखिमपूर्ण बनेपछि बटुवा र सवारीचालक त्रासपूर्ण यात्रा गर्न…