पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु

पोखरा, ३० जेठ । पोखरामा पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन बर्षिय छोराको पानी ट्याङकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकीको दिपक रेग्मीको बन्दै गरको घरमा दुई जना बच्चा पुगेको र भ¥याङ मुनी बनाएको पानी ट्याङकी खुल्ला हुदाँ बच्चा खस्न पुगेको स्थानीयले बताएका…