काठमाडौँ, ९ माघ । मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन् । पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ । एक महिनायता यसैगरी १ सय ४१ व्यक्ति नेपालबाट उडाइए । तीमध्ये १ सय ३६ महिला थिए। अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरू यूएई ट्रान्जिटमै हराएको स्रोतले बतायो…