आइतबारसम्म भारी वर्षा

काठमाडौँ, २८ असार । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ । मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा…