देशभर ठूलो वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन आग्रह (सूचनासहित)

काठमाडौँ, २६ असार । अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् । बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा…