बागमती नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, सुरक्षित रहन आग्रह

काठमाडौँ, २७ असार । लगातार पानी परेपछि बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ । शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । शुक्रबार रातु, खाँडु, लालबकैया, गागन,…