काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षकै न्यून

काठमाडौँ, २० मंसिर । काठमाडौँ उपत्यकाको तापक्रम आज शुक्रबार बिहान हिजो बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । आज शुक्रबार बिहान यो यस वर्षकै कम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।…