काठमाडौँ, ६ मंसिर । भारतले हालै सार्वजनिक गरेको भौगोलिक नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा लगायतका सुदुरपश्चिमका केही भाग आफ्नो नक्सामा गाभेको विरोधमा देशका ७७ वटै जिल्लाका क्षत्री समाज नेपालका पदाधिकारी र सदस्यहरुले एकैपटक विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । क्षत्री समाज नेपालका केन्द्रीय सदस्य विष्णु बहादुर केसी तथा समाजका काठमाडौं जिल्ला अध्यक्ष…