धावनमार्ग चिरा परेपछि कतार एयरवेजले ‘ओभरसुट’ गर्‍यो

 साउन १८, काठमाडौं ।  दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको जहाजले त्रिभुवन विमानस्थलमा 'ओभरसुट' गरेको छ । धावनमार्ग चिरा परेपछि अवतरण गर्न नसक्दा जहाजले 'ओभरसुट' गरेको हो ।आकाशमा ६ फन्काभन्दा धेरै घुमेको जहाज अवतरण भएको छ ।  विमानस्थलले होल्डमा रहेको जहाज अवतरण गरेपछि उडान र अवतरण बन्द गरेर धावनमार्ग मर्मत गर्दैछ ।