प्रधानमन्त्री बालुवाटार सरकारी निवासमा

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उहाँ…