अबुधाबी, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सको अबुधाबी आइपुग्नुभयो । उहाँलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गर्नुभयो । यसैगरी, उहाँको स्वागतार्थ विमानस्थलमा नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर…