काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो । त्यसका लागि आजदेखि २० कात्तिकसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा…