नक्कली भारुसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, १५ साउन । भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१२ मा रहेको खड्का खाजाघरमा नक्कली नोटको कारोबार भइरहेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले खाजाघरमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान गरी जम्मा…