सिन्धुपाल्चोक, २१ असोज । सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडीचौर सडकखण्डमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस सडकको भित्तामा ठोक्किँदा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी सिन्धुपाल्चोकले जानकारी दिएको छ । टोलीले चालकसहित तीन बालबालिकासहित २० जना घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धु…