काठमाडौँ, ३० पौष । भैरहवाबाट काठमाडौँका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उक्त उडान ढिलो हुन गएको छ। आज उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका…