एनपीएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडौँ, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले ६ विकेटको सहज जित निकालेको छ ।  आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३१ रनको मध्यम लक्ष्य कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा कर्णालीको यो पहिलो जित हो ।  कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले…