काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई पक्राउ गरेको हो । गत जेठ ७ गते दिउँसो करिब १२ः४० बजेको समयमा…