बस विद्युत् पोलमा ठोक्किएर दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ, १० फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनास्थित सडकमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा २२ यात्रु घाइते भएका हुन् । घाइतेको उद्धार गरी उपचारका निम्ति चितवन…