पहिरोले विभिन्न सडक खण्डहरूमा यातायात आवागमन अवरुद्ध

काठमाडौँ, १५ जेठ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन् ।  प्रहरी प्रधान कार्यालयले जारी गरेको २०८३ जेठ १५ गते बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन्…