काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा ओमनबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशीलाई पक्राउ गरी नेपाल ल्याइएको हो । उनीमाथि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ प्रक्रिया अघि बढाउन नेपाल प्रहरी…