काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार रामगढवा थाना क्षेत्रअन्तर्गत नारीरगिर चौकमा सघन सवारी जाँच गर्ने क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकलको चेचिस नम्बर र रजिस्ट्रेसन नम्बर फरक–फरक रहेको पाइएको छ । त्यसपछि गरिएको…