काठमाडौँ, १४ फागुन । रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त आदेश जारी गरेको हो । सिडिओ दिनेश सागर भुसालद्वारा बुधवार…