काठमाडौँ, १३ साउन । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका…