तनहुँ, १६ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यहाँका दुई महिला समूहले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो । गाउँपालिकाको सहयोगमा दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती शुरु गरिएको थियो । आँबुखैरेनी–१ यान्चोक आमा समूहमार्फत १२ रोपनी र आँधीमूल आमा समूहमार्फत सात रोपनीमा…