ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ, १८ पौष । वैदेशिक रोजगारीमा जाने व्यक्तिको प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका-५ घर भई कीर्तिपुर-६ डेरा गरी बस्ने ३३ वर्षीय पृथ्वीबहादुर थापा र पाल्पाल रिब्दीकोट-८ घर भई कीर्तिपुर-९ मा मोनालिसा डिजिटल फोटो स्टुडियो चलाउने ३७ वर्षीय सन्तोष पौडेल रहेको प्रहरीले बताएको छ ।…