काठमाडौँ, १२ पौष । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका मन्त्रीहरूको कार्यसम्पादनमाथि छलफल गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर भएका मन्त्रीहरूलाई तत्काल हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजिरहेका बेला बिहीबारदेखि सुरु हुने बैठकमा कांग्रेसले मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर समीक्षा गर्न लागेको हो । सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार प्रधानमन्त्री दाहालले कार्यक्षमताका आधारमा मन्त्री परिवर्तन गर्ने जनाउ…