आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ११ बैशाख । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि…