काठमाडौँ, २४ चैत । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूतले चीनका परराष्ट्रमन्त्री वाङ यीका तर्फबाट परराष्ट्रमन्त्री नियुक्त भएका खनाललाई बधाई तथा शुभकामना सन्देश सुनाएका थिए । भेटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने र पारस्परिक रूपमा लाभदायक सहयोग अभिवृद्धि गर्ने विभिन्न विषयमा…