सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुन अनुसन्धानमा

काठमाडौँ, २७ असोज । सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ । तस्करीबाट सुन भित्र्याउन जितेन्द्र पुनले बाबुको ओहदा दुरुपयोग गरी आफूलाई हुम्लावासी बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएका थिए । रोल्पाको राङ्सी स्थायी घर भएका जितेन्द्रले त्यस्तो परिचयपत्र गृह मन्त्रालयबाट लिएका हुन् । उधारोमा तस्करीको सुन ल्याउन जितेन्द्रले आफू उपराष्ट्रपतिको…